कंग्रेसको पक्षबाट शहीद दिवस पालनसितै मेचपाड़ामा राहत वितरण औ निरीक्षण

2ddad229-5af1-4d12-a7c6-963457e8fb97

कालचिनीः जहाँ एकातिर तृणमूलले शुक्रबार कोलकातामा शहीद दिवस पालन गरिरहेका छन् त्यहीँ अर्कोतिर कंग्रेस आईबाट शुक्रबार कालचिनी चौपतिमा शहीद दिवस पालन गरियो। उक्त अवसरमा कंग्रेसको अलिपुरद्वार जिल्ला कार्यकारी अध्यक्ष डा. शान्तानु देवनाथ लगायत आयोजक कमिटीको पक्षबाट विशिष्ट समाजसेवी पासाङ लामा एवम् अन्यान्य नेतृत्वहरूको उपस्थिति रहेको थियो। शहीद दिवसको अवसरमा समाजसेवी तथा वर्तमान कंग्रेस नेता पासाङ लामाले मेचपाड़ाका बाढ़ पीड़ित परिवारहरूलाई भेटेर राहत सामग्रीमा प्लास्टिक सेड लगायत चामल वितरण गरेको थियो।
यस क्रममा पासाङ लामाले सेवा गर्न कुनै पद पर्दैन सेवा भन्दा पनि मेचपाड़ाका बाढ़ पीड़ित परिवारहरूको खोज खबर लिन कंग्रेसको अलिपुरद्वार जिल्ला कार्यकारी अध्यक्ष डा. शान्तानु देवनाथसित आएको र यस क्रममा सरकारसित नदीमा बाँध निर्माणको काम गर्नु पर्ने दाबी पनि कंग्रेसको पक्षबाट गरिने बताए। बाढ़ पीड़ित परिवारहरूसित कुराकानी गर्दै कंग्रेसको अलिपुरद्वार जिल्ला कार्यकारी अध्यक्ष डा. शान्तानु देवनाथले यत्रो ठूलो बाढ़को चपेटमा परेको मेचपाड़ामा राज्यको सिँचाई मन्त्री पार्थ भौमिक नआएको भन्दै बाहिर बाहिर निरीक्षण गर्दै कोलकाता फर्किएको निन्दा गर्दै यत्रो दुखको घड़ीमा मन्त्रीले कम-से-कम गाउँको निरीक्षण गर्नु पर्ने बताए। तिनले राज्य वा केन्द्रमा कंग्रेस सरकारमा आए डुवर्सको नदी नालामा ठूला ठूला बाँध निर्माण गरिने र आगामी दिनमा कंग्रेसले पैदल मार्चको आन्दोलन गर्ने तयारी पनि गरिरहेको डा. शान्तानु देवनाथले थप जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement