कोलकाता: हरेक पटक जस्तै यस पटक पनि तृणमूल कांग्रेसले २१ जुलाईलाई शहीद दिवसको रूपमा पालन गरेको छ। सीईएससी हाउसको अगाडि आयोजना हुने कार्यक्रममा मुख्यमन्त्री एवं तृणमूल प्रमुख ममता ब्यानर्जी मुख्य वक्ता थिइन्। यसपटक शहीद दिवसको कार्यक्रम निकै महत्वपूर्ण रह्यो । एकातिर पंचायत चुनावमा तृणमूलको सफलता र अर्कोतिर २०२४ मा हुन लागेको लोकसभा चुनावका कारण यो कार्यक्रम महत्त्वपूर्ण छ। तृणमूल कार्यकर्ताहरूमा उत्साह थियो। तृणमूल कांग्रेसले यस पटक ऐतिहासिक कार्यक्रम भएको दाबी गरेको छ।









