भाजपा द्वारा विक्षोभ प्रदर्शन

Capture-3.png

नक्सलबारी: गत पञ्चायत चुनाउमा छाप्पा भोट तथा ब्यालेट पेपर लुटपाट गरेको आरोप लगाउँदै भाजपाद्वारा आज नक्सलबारी बीडीओ कार्यालय घेराउ गरेर विरोध प्रदर्शन गर्यो। भाजपाका नेता, कार्यकर्ता तथा समर्थकहरूले आज धेरै समयसम्म बीडीओ कार्यालय अघि विरोध प्रदर्शन गरेपछि विविध मागलाई लिएर बीडीओसित भेट गरेर ज्ञापन पत्र पनि चढाए। भाजपा जिल्ला उपाध्यक्ष मनोरञ्जन मण्डलले बताएअनुसार तृणमूल सरकारको कार्यकालमा गत चुनाउ अवधि मृत्युको ताण्डव देख्न पाइयो। छाप्पा भोटदेखि लिएर ब्यालेट पेपर लुटपाट गरियो। भोट लुट्नमा बीडीओहरूको भूमिकालाई लिएर पनि तिनले आक्रोश व्यक्त गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement