सुकिया पोखरी खण्ड विकास कार्यालय अघि भाजपाको धरना प्रदर्शन

sukhia.jpg

सुकिया: भारतीय जनता पार्टीले आज २१ जुलाईको दिन जिल्लाको प्रत्येक खण्ड विकास कार्यालय अघि धरना प्रदर्शन गर्ने कार्यक्रम गरिने अगावै घोषणा गरेको थियो भने अर्कोतिर, जिल्ला प्रशासनले कुनै प्रकारको अप्रिय दुर्घटना हुनसक्ने सम्भावनलाई ध्यानमा राखेर दार्जिलिङ जिल्लाको सबै खण्ड विकास कार्यालयमा आज बिहानदेखि साँझ ६ सम्म १४४ धारा लागू गरेको छ। यसको साथै सबै खण्ड विकास कार्यालय परिसरमा पुलिस बल तैनाथ गरिएको छ। यसै क्रममा १४४ धारा अनि पानीको पर्वाह नगरी आज सुकिया पोखरी खण्ड विकास कार्यालय अघिल्तिर हातमा प्ला कार्ड बोकेर भारतीय जनता पार्टीका समर्थकहरूले धरना प्रदर्शन गरे। अर्कोतिर, खण्ड विकास कार्यालयमा पुलिस तैनाथ गर्नको साथै कठोर सुरक्षा व्यवस्था अप्नाइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement