बालिकालाई दुव्र्यवहार गरेको आरोपमा सिलगढीबाट एक युवक पक्राउ

IMG-20230721-WA0192.jpg

सिलगढी: सिलगढी महिला थानाको पुलिसले एक युवतीलाई दुव्र्यवहार गरेको आरोपमा सिलगढीको सुभाषपल्ली क्षेत्रबाट एक व्यक्तिलाई पक्राउ गरेको छ। आरोपीको सुभाषपल्ली क्षेत्रमा पसल रहेको बताइएको छ। हिजो एक युवती सामान किन्न पसलमा गएकी अभियुक्तले बलात्कार गरेका थिए। युवतीले घरमा गएर सबै घटना सुनाएपछि बालिकाका परिवारले तत्कालै महिला पुलिस चौकीमा उक्त व्यक्तिविरुद्ध लिखित उजुरी दिएका थिए। उजुरीका आधारमा अभियुक्तलाई गएराति पक्राउ गरिएको हो। पुलिसले आरोपीलाई शुक्रबार सिलगढी अदालतमा पठाएर सम्पूर्ण घटनाको अनुसन्धान शुरु गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement