२१ जुलाईः सिलगढ़ीको कृष्णमाया मेमोरियल नेपाली हायर सेकेण्डरी स्कूलले सुब्रतो कप अण्डर-१७ फूटबल टुर्नामेण्टमा साउथ जोनबाट अघिल्लो चरणको निम्ति क्वालीफाई गऱ्यो। स्थानीय तराई तारापद हाई स्कूल मैदानमा भएको फाइनलमा शिक्षक अजय तामाङको मार्गदर्शनमा रहने कृष्णमाया मेमोरियल नेपाली हाई स्कूलको टीमले विवेकानन्द हाई स्कूललाई १-०-ले पराजित गऱ्यो। यसअघि टीमले क्वार्टर फाइनलमा बर्दाकान्ता हाई स्कूललाई ६-१-ले अनि सेमिफाइनलमा सिलगढ़ी बोइज हाई स्कूललाई ४-१-ले पराजित गरेको थियो। फाइनलमा पेमा वांगडुप लामाले प्लेयर अव् द म्याचको पुरस्कार जिते। यसरी शिशिर राई हाईएस्ट स्कोरर बने। कृष्णमाया मेमोरियल नेपाली हाई स्कूलको टीमले अब शनिवारदेखि शुरु हुने इण्टर जोनल चरणमा हिस्सा लिने स्कूलका प्रधान अध्यापक डा. प्रसन्न प्रधानले बताएका छन्।








