गोरुबथान: पश्चिम बङ्गाल राज्यको मुख्यमन्त्री ममता बेनर्जीको परिकल्पनामा बन बिभागको तत्वाधानमा गत १४ जुलाईदेखि २० जुलाईसम्म बन महोत्सव कार्यक्रम समपन्न भएको थियो। पान डाडा खेल मैदानमा कालिम्पोङ बन बिभागको तत्वाधानमा नेउरा रेन्जका सहयोगितामा समपन्न बन महोत्सव समापन कार्यक्रममा प्रथममा पान डाडा देखि धर्मशालासम्मको एक विराट रेली निकालियो। पान डाडा परिसरमा वृक्षारोपण पनि गरियो। यस समापन कार्यक्रममा विशेष रुपमा उज्जवल घोष पिसिसिएफ उत्तर बंगाल कार्यक्रमका सभाध्यक्ष थिए।

यसैगरी अन्य अतिथिहरुमा चित्रक भट्टाचार्य डिएफओ कालिम्पोङ, रतन थापा सभासद ४३ नम्बर समष्टि, तनुश्री रोय मेजिस्टेट गोरुबथान, जी यल्मो एडिएफओ, गेबु लेप्चा एडिएफओ, समन्त कविराज एसडिपिओ, जोइन्ट विडिओ गोरुबथान, बिएलडिओ, सौरभ घोष गोरुबथान थाना प्रभारी, ओसी एक्सासाइस गोरुबथान, विभिन्न रेन्जका रेन्ज अफिसर, बिट अफिसर ,सातवटा बनबस्तिका जेएफएमसीका सदस्य पदाधिकारीगणको उपस्थिति रहेको थियो। यस कार्यक्रममा अनुज्ञालय एनजिओ तथा पिएलएलभीका सदस्य, युद्धवीर उच्चतर माध्यमिक विद्यालयका विद्यार्थीहरु शिक्षकगणको पनि विशेष उपस्थिति रहेको थियो। अतिथीगणको बाहुलीबाट द्वीप प्रज्वलन गरेर कार्यक्रम शुरु गरेर पान डाडा खेल मैदान परिसरमा अतिथीगणको बाहुलीबाट सुन्दरीकरण हेतु वृक्षरोपण गरियो। कार्यक्रमलाई महेश्वर प्रधानले सन्चालन गरेका थिए। विशिष्ट अतिथिगणले पर्यावरण,बन संरक्षण जस्ता महत्वपूर्ण विषयहरुमा वक्तव्य राखेका थिए भने जेएफएमसीका तर्फबाट नानीहरुले नृत्य प्रस्तुत गरेका थिए।

विशेष तामांग तथा उनका साथीहरुले पर्यावरण संरक्षण विषयमा खुबै सुन्दर नाटक प्रदर्शन गरे साथै सृष्टि कवर सन्त फ्रान्सिस अशिशी विद्यालयका नानीले मीठो कविता वाचन गरिन्। बस अनि चित्र बनाउ प्रतियोगिता पनि समपन्न गरिएको थियो।यस प्रतियोगितामा प्रथम दोस्रो र तेस्रो स्थान ओगट्न सफल नानीहरुलाई विशिष्ट अतिथिको बाहुलीबाट प्रमाण पत्र तथा पारितोषिक पनि प्रदान गरियो। यस वर्षको एवार्ड फर बेस्ट प्लान्टेसन सोनाम लेप्चा बिट अफिसर तारखोलालाई प्रदान गरियो। कार्यक्रमको अन्तमा जि यल्मो एडीएफओ कालिम्पोङ धन्यबाद ज्ञापन गरे।










