हावड़ाः हावड़ा जिल्लाको व्यस्ततम बजारहरूमध्ये एक मंगलाहाटमा बिहिवार अबेर राति आगो लाग्यो। सूचना पाएपछि एक-एक गरी दमकलका १८ गाड़ी घटनास्थलमा पुगे औं रातभरि आगो निभाउने प्रयास गरियो। खबर लेखिञ्जेलसम्म दमकलका गाड़ीहरू घटनास्थलमा थिए र आगो निभाउने काम अन्तिम चरणमा थियो। दमकलकर्मीहरू अनुसार, हाटमा अधिकतर लुगाको दोकान रहेको कारण आगो तीव्र गतिमा फैलियो र त्यसलाई निभाउन गाह्रो भयो। खबर लेखिञ्जेलसम्म आगो लागेको सठीक कारण पत्तो लागेको थिएन। यद्यपि, हाटका केही व्यवसायीहरूले यस अग्निकाण्डलाई षड़यन्त्र बताएका छन्।
प्राप्त जानकारी अनुसार, राति लगभग एक बजी आगो लागेको खबर फैलिएपछि क्षेत्रमा अफरा-तफरीको माहोल बन्यो। आगो लागेपछि क्षेत्रको बिजुली काँटियो। डिविजनल फायर अफिसर रन्जन कुमार घोष अनुसार, सूचना पाउनसाथ हावड़ा मुख्यालयबाट दमकलका गाड़ीहरूलाई तत्काल घटनास्थलमा पठाइयो। उनी स्वयं घटनास्थलमा पुगे। वरिपरिका क्षेत्रहरूबाट दमकलका थप गाड़ीहरू मगाइयो। वस्तुतः मंगलाहाटमा लगभग साढ़े पाँच हजार दोकानहरू रछन्। एक अनुमान अनुसार यस अग्निकाण्डमा लगभग दुई हजार दोकान जलेर खरानी भएका छन्।
उल्लेख्य, ३६ वर्षअघि हाव़ड़ाको मंगलाहाटमा भयानक आगो लागेको थियो जसमा लगभग ढाई हजार दोकानहरू जलेर खरानी भएका थिए।