मणिपुरको घटनामा ४ आरोपी पक्राउ

00-1-Rashtriya-Samachar-13

मणिपुर:  मणिपुरमा दुई महिलालाई निर्वस्त्र पारेर घुमाइएको घटनामा चार जना आरोपीहरूलाई पक्राउ गरिएको छ। मणिपुरका मुख्यमन्त्री एन बिरेन सिंहले बिहीबार भने, ‘यो मानवता विरुद्धको अपराध हो। हामीले भिडियो हेरेपछि तुरुन्तै कारबाही शुरु गर्‍यौंl’ बिहीबार बिहान एक आरोपी र यसपछि थप अर्को आरोपी पक्रा परेको उनले बताएका छन्। मणिपुर पुलिसले ट्वीट गर्दै यस मामिलामा थप तीन आरोपीलाई पक्राउ गरेको जनाएको छ। त्यसपछि यस प्रकरणमा कुल चार आरोपी पक्राउ परेका छन्। अन्य अपराधीलाई पनि चाँडोभन्दा चाँडो पक्राउ गर्न प्रहरीले हरसम्भव प्रयास गरिरहेको उनले बताएका छन्।

यस विषयमा मणिपुरका राज्यपाल अनुसुया उइकेले यो घटना निन्दनीय रहेको बताइन्। उनले भनिन्, ‘मैले डीजीपीलाई फोन गरेर सबै अभियुक्तलाई छिटोभन्दा छिटो पक्राउ गर्न निर्देशन दिएको थिएँ। एफआईआर दर्ता भएको पुलिस थानामा किन कारबाही भएन भनेर मैले सोधेँ। पुलिस दोषी पाइएमा उनीहरुमाथि पनि कडा कारबाही हुन्छl’ राज्यपाल सबैले एउटै मञ्चमा बसेर आफ्ना माग राख्नुपर्ने बताइन्l उनले भनिन्, ‘हिंसाबाट कसैलाई फाइदा हुँदैन। वार्ताबाट मात्रै समाधान सम्भव छl’ राज्यपालले डीजीपीलाई आवश्यक परे पीडितहरूलाई विशेष सुरक्षा प्रदान गर्न पनि आग्रह गरेकी छन्। यस घटनाको विरोधमा आदिवासी जनजाति नेता फोरम (आईटीएलएफ) ले बिहीबार मणिपुरमा र्‍याली पनि निकालेको थियो। यो घटना ४ मा भएको बताइएको छ। जसको भिडियो अहिले सार्वजनिक भएको छ। यो भिडियोमा उपद्रवीहरुको भीडले दुई महिलालाई निर्वस्त्र परेर घुमाएको देखिन्छ।विपक्षीहरुले भाजपामाथि आक्रमण गरेका छन्

यो घटनाको भिडियो सार्वजनिक भएपछि विपक्षीहरुले पनि भाजपा सरकारमाथि हमला गरिरहेका छन्। कांग्रेस सहित अन्य विपक्षी दलहरूले मुख्यमन्त्री एन वीरेन सिंहको राजीनामा र राज्यमा राष्ट्रपति शासन लागू गर्न माग गरेका छन्। कांग्रेस अध्यक्ष मल्लिकार्जुन खर्गेले मणिपुरमा मानवता मरेको बताएका छन्। महिलाहरु बलात्कृत भइरहेका छन्, प्रधानमन्त्री मोदी चुपचाप बसेका छन्। मणिपुरमा दुई महिनादेखि जारी हिंसामा हालसम्म १६० जनाको ज्यान गएको समाचार छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement