खरसाङ: भारतीय जनता पार्टीले आज खरसाङ खण्ड विकास कार्यालयमा पुगेर पञ्चायत चुनावको विषयमा भएको असन्तुष्टी विषयमा ज्ञापन दिने कार्य सम्पन्न गरेका छन्। भारतीय जनता पार्टीले खरसाङको रेलवे स्टेशनबाट रैली निकालेर खरसाङ खण्ड विकास कार्यालयमा पुगेर धरणा प्रदर्शन र ज्ञापन दिने कार्य गरिने योजना भए पनि पानीझरी र १४४ धारा लागु भएपछि भाजपाको केही पदाधिकारीहरू मात्र खरसाङ खण्ड विकास कार्यालयमा पुगेर ज्ञापन दिने कार्य गरेका छन्। भारतीय जनता पार्टीले खरसाङ खण्ड विकास कार्यालयको १०० मीटरको परिधिभित्र १४४ धारा लगाइएको थियो भने भारतीय जनता पार्टीको पदाधिकारीहरूलाई खरसाङ खण्ड विकास कार्यालयको केही अघि नै रोकिएको थियो। १४४ धारा लगाइएकोले भारतीय जनता पार्टीको चारजना पदाधिकारीहरू खरसाङ खण्ड विकास कार्यालयमा पुगेर ज्ञापन दिने कार्य गरेका थिए। भाजपाको टोलीले खरसाङ खण्ड विकास अधिकारी लक्ष्मण विस्वासको अनुपस्थितिमा जोइन्ट बीडीओ (संयुक्त खण्ड विकास अधिकारी) पेमा डोमा डुक्पालाई ज्ञापन बुझाएका छन्। उक्त ज्ञापन पत्र बुझाउने कार्यमा भारतीय जनता पार्टीको दार्जिलिङ जिल्ला सचिव सोनाम लामा, अन्य पछौटे वर्ग दार्जिलिङ जिल्ला अध्यक्ष मदन जोगी, सहदेव चामलिङ र एकजना पञ्चायत चुनावको प्रार्थी बिनिता सुब्बा उपस्थित रहेर ज्ञापन पत्र बुझाएका थिए।

भारतीय जनता पार्टीले आज बुझाएको ज्ञापन विषयमा पत्रकारहरूसित कुराकानी गर्दै खरसाङ खण्डको संयुक्त खण्ड विकास अधिकारी (जोइन्ट बीडीओ) जानकारी गराएकी छन्। त्यसरी नै ज्ञापन दिएर बाहिर आएपछि भारतीय जनता पार्टीको दार्जिलिङ जिल्ला सचिव सोनाम लामाले आज पानी झरी र १४४ धाराको कारणले रैली निकाल्न नसकिएको तर हामीले गत पञ्चायत चुनावको विषयमा कतिवटा असन्तुष्टी व्यक्त गर्दै ज्ञापन दिने कार्य गरिएको जानकारी गराएका छन्। उनले आज भाजपाको पक्षबाट पञ्चायत चुनावमा भएको असन्तुष्टीको लागि जम्मा सातवटा विषयहरूमा लिखित रूपमा ज्ञापन पत्र बुझाएको पनि जानकारी गराएका छन्। उनले पञ्चायत चुनावको परिणाममा हाम्रो असन्तुष्टी रहेको बताएका छन्।