२१ जुलाईः ओलम्पिक पदक विजेता महिला पहलवान साक्षी मलिकले बताएअनुसार, उनले एशियन गेम्सको निम्ति ट्रायलबाट छूटको माग गरेकी थिइनन् जबकि भारतीय ओलम्पिक समिति (आईओए)-को तदर्थ समितिले बजरंग पूनिया र विनेश फोगाटलाई झैं उनलाई पनि यसबारे प्रस्ताव दिएको थियो। यसको साथमा साक्षीले बजरंग र विनेशलाई ट्रायलबाट छूट दिएर सरकारले पहलवानहरूबीचको एकतालाई तोड़्ने प्रयास गरेको पनि आरोप लगाइन्। साक्षी, विनेश र बजरंगले भारतीय कुश्ती महासंघ (डब्ल्यूएफआई)-का निवर्तमान अध्यक्ष बृजभूषण शरण सिंह विरुद्ध यौन उत्पीड़नको आरोपहरूलाई लिएर धरना प्रदर्शनको अगुवाई गरेका थिए। बृजभूषणलाई बिहीवार दिल्लीको एउटा अदालतबाट जमानत हासिल भयो। अमेरिकामा अभ्यास गरिरहेकी साक्षीले भनिन्, एशियन गेम्सको तयारीको निम्ति हामीले सरकारसँग अतिरिक्त समय मागेका थियौं अनि यो कुरा सबैलाई थाहा छ। हामीले १० अगस्तमा ट्रायल गराउने अनुरोध गरेका थियौं। सरकारले समय दिएपछि हामीले अभ्यास शुरु गऱ्यौं। यसबीच हामीलाई केही दिन अघि मात्र दुईवटा भार वर्गमा सीधा प्रवेश दिइएको थाहा लाग्यो। ट्रायलमा छूटको निम्ति मेरो नाममा विचार गर्न मलाई पनि ईमेल गर्नु भनिएको थियो तर म ट्रायल बिना जान चाहदिन थिएँ। म ट्रायल बिना कुनै पनि टुर्नामेण्टमा गएकी छुइनँ अनि जाने पनि छुइनँ। हामीले त ट्रायलको निम्ति अतिरिक्त समय मात्र मागेका थियौं। सबैले चयनको निम्ति मौका पाउनु पर्छ। म यतिमात्र भन्न चाहन्छु। यसअघि साक्षीले एउटा ट्वीट गरेर सरकारले बजरंग र विनेशलाई सीधा प्रवेश दिएर पहलवानहरूबीचको एकतालाई तोड़्ने प्रयास गरेको आरोप लगाएकी थिइन्।