फिफा ऱ्यांकिंगको ९९औं स्थानमा पुग्यो भारत

IMG-20230721-WA0131.jpg

२१ जुलाईः भारतीय पुरुष फूटबल टीम २०१८ पछि पहिलोपल्ट फिफा ऱ्यांकिंगको ९९औं स्थानमा पुग्यो। हालै साफ च्याम्पियनशीपको खिताब जित्ने भारतीय टीम एक स्थान अघि बढ़ेर ९९औं स्थानमा पुगेको छ। भारतले यस महिनाको शुरुवातमा भएको साफ च्याम्पियनशीपमा लेबनान र कुवैतलाई क्रमशः सेमिफाइनल र फाइनलमा पेनल्टी शूटआउटमा पराजित गरी ट्रफी जितेको थियो। लेबनानलाई पनि दुई स्थानको फाइदा भएको छ। लेबनानको टीम अहिले भारतको ठीक तल १००औं स्थानमा रहेको छ। कुवैत पनि चार स्थान अघि बढ़ेर १३७औं स्थानमा पुगेको छ। भारतसँग अहिले १२०८.६९ पोइण्ट्स रहेको छ। भारतको अहिलेसम्मको सर्वश्रेष्ठ ऱ्यांकिंग ९४ हो, जुन टीमले १९९६-मा हासिल गरेको थियो। फिफा ऱ्यांकिंगमा वर्ल्ड कप च्याम्पियन अर्जेण्टिनाले शीर्ष स्थान कायम राखेको छ। त्यसपछि फ्रान्स, ब्राजील, ईंग्ल्याण्ड र बेल्जियमको टीम रहेको छ। एशियाई देशहरूमा जापान २०औं स्थानको साथ शीर्षमा रहेको छ। त्यसपछि ईरान (२२औं), अष्ट्रेलिया (२७औं), दक्षिण कोरिया (२८औं) र सऊदी अरब (६४औं स्थान) शीर्ष पाँचमा सामेल छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement