२१ जुलाईः वेष्ट इण्डिज विरुद्ध दोस्रो तथा अन्तिम टेस्ट म्याचको पहिलो दिन भारतले आफ्नो पहिलो ईनिंग्समा ४ विकेट गुमाएर २८८ रन बनायो। पोर्ट अव् स्पेनको क्वीन्स पार्क ओवल मैदानमा जारी टेस्ट म्याचको पहिलो दिन खेल समाप्त हुँदासम्म कोहली ८७ अनि रविन्द्र जडेजा ३६ रनमा अविजित थिए। कोहलीले १६१ बल खेलेर आठवटा चौका लगाइसकेका छन्। यसरी जडेजाले ८४ बल खेलेर चारवटा चौका लगाइसकेका छन्। म्याचमा टस हारेर पहिला ब्याटिंग गर्दै भारतीय टीमलाई कप्तान रोहित शर्मा र यशस्वी जयसवालले असल शुरुवात दिलाए। यी दुईले पहिलो विकेटको निम्ति १३९ रनको पार्टनरशीप गरे। भारतले पछिबाट दुई ओपनरलाई लगातार अन्तरालमा गुमायो। कप्तान रोहितले १४३ बलमा ९ वटा चौका र २ वटा छक्काको साथ ८० रन बनाए।

यसरी नै यशस्वीले ९ वटा चौका र एउटा छक्काको साथ ७४ बलमा ५७ रन बनाए। शुभमन गिल (१०) र अजिंक्य रहाणे (८)-ले मौकाको फाइदा उठाउन सकेनन् अनि चाँड़ै आउट भए। एक समय भारतले १८२ रनमा ४ विकेट गुमाइसकेको थियो। त्यहाँदेखि कोहली र जडेजाले पाँचौं विकेटको निम्ति १०६ रनको अटूट पार्टनरशीप गरी भारतलाई असल स्थितिमा पुऱ्याए। वेष्ट इण्डिजका बलरहरूमा केमार रोच, शेनोन गेब्रिएल, जोमेल वारिकन र जेसन होल्डरले १-१ विकेट लिए।