सोरेङ: सिक्किम कबड्डी एसोसिएशनको तत्वावधानमा सोरेङ जिल्लामा पहिलोपटक कबड्डी खेलको ट्राइल गरियो। देशको अन्य राज्यमा कबड्डी चर्चित खेल रहेता पनि सिक्किम राज्यमा भने यति चर्चामा नआएको खेल हो। भारत देशमा कबड्डी एउटा खेल मात्रै नरहेर लोक संस्कृतिको हिस्सा पनि मानिन्छ। यो एउटा देशको पारम्परिक खेल पनि हो। सिक्किम कबड्डी एसोसिएसनको पहलमा आज सोरेङ जिल्लामा छनौट ट्राइल साथै प्रशिक्षण सम्पन्न भएको हो। जसमा सम्बन्धित जिल्लाका सोरेङ, टिम्बुरबुङ, बढियाखोप र श्रीबदम स्कुलका कुल ४२ जना खेलाडीहरु ट्राइलमा अंशग्रहण गरेका थिए।
आज यहाँ सम्पन्न कबड्डी ट्राइल साथै प्रशिक्षण शिविरमा सिक्किम कबड्डी एसोसिएसनका अध्यक्ष टाशि ओङ्डुप लेप्चा, उपाध्यक्ष पीपी शर्मा, महासचिव ललित पोख्रेल, प्रशिक्षक गोविन्द छेत्री साथै सोरेङ जिल्ला कबड्डी एसोसिएसनका अध्यक्ष जिग्मी भोटिया, उपाध्यक्ष सिकुम सुब्बा, महासचिव रोहित भट्टराई, सह-सचिव सरोज गुरुङ, कोषाध्यक्ष प्रिपेन सुब्बा, प्रचार सचिव भवानी पोख्रेल, कार्याकरणी सदस्य शिक्षकहरु क्रममैले जिग्मी भोटिया (श्रीबदम), सुनिता गुरुङ (बढियाखोप) र श्वेता राणा (टिम्बुरबुङ)-को उपस्थिति थियो।