सिक्किम प्रदेश कांग्रेस अध्यक्ष र कोषाध्यक्ष दिल्ली भ्रमणमा

IMG-20230720-WA0378.jpg

गान्तोक, 20 जुलाई (हि.स.)। सिक्किम प्रदेश कांग्रेस कमिटीका अध्यक्ष गोपाल छेत्री साथै पार्टीका कोषाध्यक्ष कर्मा टासी भोटिया हाल दिल्ली भ्रमणमा रहेका छन्। अखिल भारतीय राष्ट्रिय कांग्रेसका महासचिव केसी भेनुगोपालको आधिकारिक निमन्त्रणमा उनीहरू दिल्ली पुगेको प्रेस विज्ञप्तिमा बताइएको छ।

नयाँ दिल्लीमा अखिल भारतीय राष्ट्रिय कांग्रेस पार्टीका अध्यक्ष र महासचिवसित उत्तर पूर्वीय राज्यका प्रदेश अध्यक्षहरूसित आगामी २०२४ को लोकसभ र राज्यसभाको चुनाउ र रणनीतिबारे विशेष सभा बसेको छ।

उत्तर-पूर्वीय राज्यहरूमा वर्तमान राजनीतिक अवस्था र परिस्थिति साथै मणिपुरको घटनाक्रमलाई लिएर लामो बहस र छलफल भएको पार्टीले जनाएको छ। साथै सिक्किमले पाएको विशेष संवैधानिक धारा ३७१ एफ

को तरलीकरण गरिएको साथै यूसीसी-माथि पनि बहसमा छलफल भएको बताइएको छ।

यसैगरी, आगामी २०२४ मा सम्पन्न हुने लोकसभा र विधानसभा चुनाउको तयारीबारे केन्द्रिय अध्यक्ष र महासचिवद्वयले दिशानिर्देश गर्दै अब प्रत्येक राज्यले उक्त चुनाउलाई केन्द्रिय रणनीति अप्नाउने विषयमाथि उपस्थित सभालाई बताएका छन्। सिक्किमको वर्तमान र भविष्यको राजनैतिक स्थितिमाथि प्रकाश पार्दै आफ्नो विचार सिक्किम प्रदेश कांग्रेस पार्टीका अध्यक्ष गोपाल छेत्रीले राखे।

सिक्किममा वर्तमान एसकेएम र भाजपाको गठबन्धन सरकारमा सिक्किमे जनता असुरक्षा, अन्याय, अत्याचार, आम नागरिक, शिक्षित बेरोजगार युवा-युवती र विद्यार्थीहरूले व्यापक अत्याचार भोग्नु परिरहेको विषयलाई केन्द्रिय नेताहरू समक्ष राखिएको छ प्रेस विज्ञप्तिमा उल्लेख छ। दक्षिण सिक्किमको नाम्चीमा, कलेजका विद्यार्थी स्व. पदम गुरूङको रहस्यमय मृत्यु भएको विषय पनि राष्ट्रिय अध्यक्ष मल्लिका अर्जुन खड़गे समक्ष राखेको जानकारी गराइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement