गुवाहाटी। राज्यको पर्यटन आदि मामिलाका मन्त्री जयन्त मल्लबरुवाले राज्यमा पर्यटनलाई विकसित उद्योगको दर्जा दिलाउने उद्देश्यले एक उच्चस्तरीय बैठक गरे। राजधानी दिसपुरस्थित जनता भवनको आफ्नो कक्षमा मन्त्री मल्लबरुवाले आज बोलाएको बैठकमा पर्यटन विभागका वरिष्ठ अधिकारीहरूका साथै राज्य पर्यटन निगमका पदाधिकारीहरू उपस्थित थिए।
बैठकमा नयॉं प्रस्तावित पर्यटन अधिनियमलाई लिएर विस्तारपूर्वक चर्चा गरियो।
मन्त्रीले सोशियल मिडियाको माध्यमले भनेका छन्, आज पर्यटन विभागका अधिकारीहरूसॅंग बैठक गरे अनि प्रस्तावित पर्यटन अधिनियमको बारेमा विस्तारसॅंग चर्चा गरे। यो अधिनियम राज्यको पर्यटन उद्योगलाई सुव्यवस्थित गर्न र दिगो बनाउन लामो बाटो तय गर्नेछ। उनले भने, यी प्रयासहरू र पहलहरूको माध्यमद्वारा हाम्रो पर्यटन उद्योग निकट भविष्यमा तीव्र गतिले विकास गर्नेछ र स्थानीय अर्थव्यवस्था पनि बलियो हुनेछ।









