राई टोला (जाब्रा) प्री-क्वार्टर फाइनलमा

photocollage_2023720222713515.jpg

२० जुलाईः च्याँगा बस्ती युथ क्लबको तत्त्वावधानमा आयोजित ७७औं इण्डिपेण्डेन्स कप २०२३ नक् आउट फूटबल टुर्नामेण्टमा राई टोला (जाब्रा)-ले प्री-क्वार्टर फाइनलमा स्थान बनायो। बिहीवार च्याँगा दुर्गा मन्दिर मैदानमा खेलिएको म्याचमा राई टोलाले पानीघट्टा फूटबल क्लबलाई १-०-ले पराजित गऱ्यो। विजेता टीमबाट म्याचको एकमात्र गोल साहिल राईले १५औं मिनटमा दर्ता गरे। यस टुर्नामेण्टमा जम्मा ३२ वटा टीमले हिस्सा लिएको छ। आयोजक समितिका कोषाध्यक्ष ग्याल्छेन तामाङले बताएअनुसार, यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ४० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा २५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement