रम्फूमा लायन्स पोइन्टको उदघाटन

IMG-20220701-WA0212.jpg

गान्तोक। लायन्स क्लब इन्टरनेशनल ३२२ एफ़ अन्तर्गत लायन्स क्लब अफ् रम्फू गेटवे अफ सिक्किमद्वारा बस बिसौनी रम्फूमा लायन्स पोइन्टको उद्घाटन संपन्न गरियो। रम्फू नगर पञ्चायत सभापति संजीव कुमार खातीद्वारा पार्षद पिंकू प्रसाद र ज़ोन चेयरमेन लायन संजय अग्रवालको उपस्थिथिमा उद्घाटन गरियो।

स्वर्गीय लायन छबिलाल शर्मा र स्वर्गीय लायन मांगीलाल जैनको स्मृतिमा निर्मित लायन्स पोइन्टको उद्घाटन कार्यक्रममा क्लबका सभापति राकेश अग्रवाल सचिव गौतम अग्रवाल, जिल्ला सदस्य भीके निगमसहित अन्य सदस्यहरुको उपस्थिथि रहेको थियो। स्वर्गीय लायन छबिलाल शर्मा र र्स्वर्गीय लायन मांगीलाल जैनको आत्माशान्तिको निम्ति मौन प्रार्थनाको साथ सुरु उद्घाटन कार्यक्रममा संजय अग्रवालले यस प्रकारको पोइन्टहरु अन्य स्थानहरुमा पनि निर्माण गर्ने योजना रहेको बताए। मुख्य अतिथि खातीले उदघटनमा उपस्थिथि सदस्यहरुलाई सम्बोधन गर्दै क्लबको प्रयासको सराहना गरे भने नगर पञ्चायतले आउने दिनहरुको कार्यक्रममा पनि सहयोगको आशा प्रकट गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *