सिलगढी: गत केही दिनदेखि सिलगढीको वार्डहरूमा पिउने पानी राम्रोसँग आएको छैन। केही इलाकाको टाइम कलहरूमा पिउने पानी आउने गरे तापनि केही समयमै पानी बन्द हुने गर्दछ। यसलाई लिएर सत्तारूढ पार्टी र विरोधी दलमा विवाद भइरहेको छ। सिलगढी नगरनिगमको तर्फबाट एउटा विज्ञप्ति जारी गरेर जनाए अनुसार गत केही दिनदेखि भुटान, सिलगढी लगायत पहाडमा अधिक पानी परेकोले गर्दा फुलबारी जलाशयको पानीमा बालुवा तथा मैला मिसिएको छ। यसले गर्दा जल शुद्धीकरणमा समस्या भइरहेको छ। तथापि, सिलगढी नगरनिगम समस्याको समाधान गर्न तत्पर रहेकोले गर्दा चाँडै नै यसको समाधान गरिनेछ। सिलगढीका भाजपा विधायक शंकर घोषले पिउने पानीको समस्यालाई लिएर आवाज उठाएका छन्। अर्कोतिर, वाम पार्षदहरूले पानीको समस्याको समाधान गरिदिने माग गर्दै आज नगर कमिश्नरसित भेट गरे। सिलगढी नगरनिगम पिउने पानीको समस्याको स्थायी समाधान गर्नको लागि तत्पर रहेकोबारे पत्रकारहरूलाई सम्बोधन गर्दै डेपुटी मेयर रञ्जन सरकारले जनाएका छन्।









