सिलगढी: नामीदामी कम्पनीको नाममा बजारमा नकली कार्टेज बिक्री गरेको आरोपमा पुलिसले एकजना व्यवसायीलाई पक्राउ गरेको छ। सो व्यवसायीलाई पक्राउपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेका व्यवसायी सिलगढीको हाकिमपाडा इलाका निवासी प्रणय सरकारको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार प्रणय सरकारको हाकिमपाडामा एउटा दोकान रहेको छ। उक्त दोकानमा तिनले नामीदामी कम्पनीको नाममा नकली कार्टेज बिक्री गरेको आरोप रहेको छ। कम्पनी कर्तृपक्षले यसबारे थाहा पाएपछि पानीट्याङ्की आउटपोस्टमा प्रणय सरकारविरुद्ध अभियोग दर्ता गरेको थियो। अभियोगको आधारमा पुलिसले प्रणयको दोकानमा अभियान चलाएर ९ वटा नकली कार्टेज उद्धार गर्नको साथै तिनलाई पक्राउ गरेको बताइएको छ।










