२० जुलाईः दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित बेणु सुब्बा स्मृति प्रीमियर डीविजन फूटबल लीगमा सेण्ट जोसेफ्स कलेज र संकटा फूटबल क्लबबीच बिहीवार खेलिएको म्याच २-२-ले ड्र रह्यो। लेबोंग स्थित गोर्खा स्टेडियममा खेलिएको ग्रुप ए-को यस म्याचमा सेण्ट जोसेफ्स कलेजबाट देव राई र राज थापाले गोल गरे। यसरी संकटा एफसी-बाट पाल्देन तामाङ र निखिल छेत्रीले गोल गरे। यस म्याचमा रेफरीको भूमिकामा छेडुप यल्मो रहेका थिए।

यसरी नै रमेश राई र उज्ज्वल राई सहायक रेफरी थिए। यस लीगमा जम्मा ९ वटा टीमले हिस्सा लिएको छ। यी टीमहरूलाई दुईवटा ग्रुपमा बाँड़िएको छ। टुर्नामेण्टको नक्आउट चरणको तारिख अहिले घोषणा गरिएको छैन।









