पैह्रोमा ज्यान गुमाउने सेनाका जवानलाई एसडीएङ्गको श्रद्धाञ्जली

गान्तोक। उत्तर सिक्किमको जङ्गु निर्वाचन क्षेत्रअन्तर्गत रुक्लु-कायेम निवासी भारतीय सेना ११-गोर्खा राइफल बटालियनमा सेवारत युवा अफिसर छिरिङ लेप्चाको निधनले राज्यमा अहिले शोकको लहर छाएको छ। सिक्किमे सन्तानले राष्ट्रको निम्ति आफ्नो प्राणको आहुति दिएर राष्ट्रसेवामा समर्पित भई यस लोकबाट विलय भएका छन्‌। विपक्षी एसडीएफ पार्टीले उनको जीवनको उत्सर्ग राष्ट्र निर्माणका लागि एउटा गौरवपूर्ण वलिदान हो भनी उल्लेख गरेको छ। मणिपुर राज्यअन्तर्गत नोने जिल्लामा देशको सेवामा कार्यरत स्वर्गीय छिरिङ लेप्चा आफ्ना दलसहित गत २९ जून २०२२- बुधबारको राति ठुलो पहिरोको चपेटामा परी आफ्नो ज्यान गुमाउनु परेको हो। स्वर्गीय लेप्चा ११-गोर्खा ब्रेबो कम्पनीअन्तर्गत नायक रेंकमा सेवारत थिए। सिक्किमका वीर सपूत स्वर्गीय छिरिङ लेप्चा एक साहसी निडर योद्धा थिए भन्दै उनले आफ्नो धर्मपत्नी फुरमित लेप्चा साथै डेढ वर्षकी एउटी छोरीलाई यस संसारमा छाडेर गएका छन्‌। एसडीएफ पार्टीले शोकाकुल परिवारहरू प्रति गहिरो शोक समवेदना प्रकट गर्दै वीरगति प्राप्त गर्ने शहीदहरू प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ। उक्त घटनामा परी ज्यान गुमाउने ती शहीदका शोकाकुल परिवारहरूलाई यस दु:खद घडीमा ईश्र्वरले सहन गर्ने क्षमता दिऊन्‌ भनी ईश्र्वरलाई प्रार्थना गरेको छ। एसडीएफले राष्ट्रका निम्ति आफ्ना जीवन नै समर्पित गर्ने ती सम्पूर्ण वीर सपूतहरूका वलिदानको उच्च सम्मान जनाउँदछ भन्दै ती दिवङ्गत आत्माको चिरशान्तिको कामना गरेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *