जिल्लापालले गरे बाइपास र अदमपुल सडकको निरीक्षण

IMG-20230720-WA0372.jpg

गान्तोकः राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङको निर्देश बमोजिम आज गान्तोक जिल्लाका जिल्लापाल तुषार जी. निखारे, मुख्यमन्त्रीका अतिरिक्त राजनीतिक सचिव छिरिङ वाङचुक लेप्चा लगायत अन्यहरूले आज अदमपुलदेखि बाइपाससम्म पुग्ने सडकको निरीक्षण गरे। केही दिनदेखि निरन्तर परेको पानीले बाइपास, अदमपुलको राष्ट्रिय राजमार्गमा धेरै क्षति पुऱ्याएको छ।

भ्रमणको क्रममा जिल्लापाले लाइन विभागका अधिकारीहरूलाई एक अर्कामा तालमेल राखेर जतिसक्दो शीघ्र सडक पूनः वहाल गर्नुपर्ने निर्देश दिएका छन्। यसै क्रममा छिरिङ वाङचुक लेप्चाले मुख्यमन्त्रीले निरीक्षण गरिसकेका राजमार्ग, आदमपुलदेखि न्यू एसटीएनएम अस्पताल हुँदै इन्द्रबाइपास सडकसम्म पुग्ने सडकको क्षतिलाई सम्बोधन गर्न उपयुक्त कदम र प्रभावकारी योजना बनाउन र सर्वसाधारणको सुविधाका लागि काम गर्नुपर्ने निर्देश दिएको बताए।

गान्तोक जिल्लाका जिल्लापालको भनाइ अनुसार, राज्य सरकारले निरन्तर परेको पानीले पुऱ्याएको क्षतिलाई सम्बोधन गर्न र राष्ट्रिय राजमार्गमा सार्वजनिक पहुँच पुनर्स्थापित गर्न जिल्ला प्रशासनसँग मिलेर काम गरिरहेको बताए। मनसुनको कारण जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय राजमार्गलाई सवारी साधनको यातायातमा कुनै प्रकारको असुविधा नहोस् भन्ने उद्देश्यले काम व्यवस्थित ढङग्मा गरिनु पर्ने निर्देश दिएको थप जानकारी गराएका छ्न।

सडक विभागले वर्षापछि सबै सडकहरूमा कार्पेटिङको काम एक महिनाभित्र सम्पन्न गर्ने र सानादृठूला प्याचको काम एक महिनाभित्र सम्पन्न गर्ने आश्वासन दिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement