पेट्रोल पम्पमा आगलागी, तीन जले

00-1-Rashtriya-Samachar-12

बशीरहाटः हरोआ थानान्तर्गत सोनापुकुर-शंकरपुर ग्राम पञ्चायत क्षेत्रमा शंकरपुर गाउँ नजिक एउटा पेट्रोल पम्पमा बुधवार अबेर राति आगो लाग्यो, जसमा तीनजना परे। तीनै युवकलाई गम्भीर स्थितिमा अस्पतालमा भर्ती गराइएको छ।

स्थानीय सूत्रहरू अनुसार, बिहार निवासी मुकेश कुमार साव शंकरपुर नजिक पेट्रोल पम्पमा काम गर्थ्यो। युवक राति पेट्रोल पम्पमै बस्थ्यो, त्यही खाना पकाएर खान्थ्यो। बुधवार अबेर राति उसले बिजुलीको हीटरमा खाना पकाइरहेको थियो। तब अचानक पेट्रोल पम्पमा आगो लाग्यो। घटनामा २० वर्षीय मुकेश कुमार साव पऱ्यो। शाहनूर मोल्ला र जहांगीर मोल्ला नाम गरेको युवक पेट्रोलपम्पमा पेट्रोल लिन आएका थिए।

तर मुकेशलाई बचाउने प्रयासमा दुवै युवकपनि गम्भीर रूपमा घाइते भए। स्थानीय मानिसहरूले तीनैलाई हारोआ अस्पताल पुऱ्यायो। शाहनूर मोल्लाको स्थिति गम्भीर देखेर डाक्टरहरूले उसलाई अन्य अस्पतालमा रेफर गरे। सूचना पाएपछि हरोआ थाना पुलिस घटनास्थलमा पुग्यो। स्थानीय मानिसहरूको प्रयासपछि आगो निभाइयो। खबर लेखिञ्जेलसम्म आगो कसरी लाग्यो, यसबारे स्थिति स्पष्ट छैन। यद्यपि, ज्वलनशील पदार्थहरूको भण्डार भएको कारण आगो तीव्र गतिमा फैलियो। पुलिस मामिलाको जाँचमा जुटेको थियो।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement