भागोप्रमो पंखाबारी लङ्भ्यु अम्बटे समष्टीको सांगठनिक सभा सम्पन्न

IMG-20230720-WA0328.jpg

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा पंखाबारी लंगभ्यु अम्बटे समष्टिको तत्परतामा खरसाङ खण्ड अन्तर्गत गाडीधुरा खण्ड समितिद्वारा संगाठनिक सभा सम्पन्न गरिएको छ। उक्त सांगठनिक सभा पंखाबारी लङ्भ्यु अम्बटे समष्टीको सभापति मणिराज डुम्जनको अध्यक्षता र समष्टी सचिव ललित प्रधानको सञ्चालनमा सम्पन्न भएको छ। सभामा सभासद प्रणाम रसाइली, केन्द्रीय समिति सदस्य सन्तोष तामाङ, संगाठनिक सचिव सुवास छेत्री आदिले वक्तव्य राखेका थिए।सभामा भागोप्रमो खरसाङ महकुमा प्रवक्ता अनुप रामुदामु, महकुमा सह सचिव संजोग रोका, समष्टि सभापति मणिराज डुम्जन, सचिव ललित प्रधान, सहसचिव कुनाल छेत्री, संगाठनिक सचिव सुवास छेत्री, प्रचार प्रसार सचिव जिनोद परियार लगायत अन्य उपस्थित थिए।

आजको सभामा गाडीधुरा मेरियनबारी खण्ड समितिको लागि सुवास गुरुङलाई संयोजकको रूपमा चयन गरियो। उनले आफ्नो सम्बोधनमा यो नयाँ जिम्मेवारी दिइएकोमा कार्य गर्ने प्रतिबद्धता जाहेर गरेका छन्। सभामा विभिन्न वक्ताहरूले भागोप्रमो पार्टीको सांगठनिक गतिविधि र भावी कार्यक्रमहरू विषयमा वक्तव्य राखेका थिए। सभामा गत पञ्चायत चुनावमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले बिजय हाँसिल गरेको र सन्त मेरिज ग्राम पञ्चायत तीनमा पार्टीले बोर्ड गठन गर्न सफल भएकोमा खुशी व्यक्त गर्दै जनताको आशा अनुरुप काम गर्ने प्रतिबद्धता सभामा वक्ताहरूले व्यक्त गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement