नाम्चीः नाम्ची जिल्लाअन्तर्गत सुन्तले-शुक्रबारे जीपीयूकाे सामुदायिक भवनमा आज एक दिने उपभाेक्ता सचेतना कार्यक्रम सम्पन्न भयाे। साे कार्यक्रमकाे आयाेजना स्थानीय सयपत्री संघकाे सहयाेगमा खाद्य एवं नागरिक आपूर्ती विभागकाे कानूनी मेट्राेलोजी एकाई एवं उपभाेक्ता सुरक्षा प्रकाेष्ठले गरेकाे थियाे। कार्यक्रममा स्थानीय पञ्चायत सभापति कला छेत्री मुख्य अतिथि रहेकी थिइन्।
कार्यक्रममा सम्बाेधन गर्दै डीसीएसओ तेञ्जिङ भाेटियाले राष्ट्रिय खाद्य सुरक्षा धारा विषय जानकारी गराए। याे धारा गरीबकाे हीतमा रहेकाे उल्लेख गर्दै उनले एएवाई र पीएचएसमा काे-काे पर्न सक्छन्, त्यस विषयमा अवगत गराए। एक राष्ट्र एक राशन कार्डको विषयमाथि बताउँदै उनले यसले सिक्किमलाई हानि नपुग्ने उल्लेख गरे। उनले प्रधानमन्त्री गरीब कल्याण अन्न याेजना विषय कुरा राख्दै अन्तरक्रिया सत्रमा उठेका कुराहरूकाे स्पष्टीकरण दिएका थिए।
कार्यक्रममा कानूनी मेट्राेलाेजी एकाई एवं उपभाेक्ता सुरक्षा प्रकाेष्ठका उपनियन्त्रक जिक्मी काजीले उपभाेक्ताकाे जिम्मावरी र नठगीनकाे लागि उपभाेक्ताले जान्नु पर्ने विषयमा प्रकाश पारेका थिए। यस्तै प्रकारले कानूनी मेट्राेलाेजी एकाई एवं उपभाेक्ता सुरक्षा प्रकाेष्ठका उपनिर्देशक टाइटस बस्नेतले उपभाेक्ता अधिकार विषय विस्तृत रूपमा जानकारी गराउँदै उपभाेक्ताले साैदा गर्दा सचेत भएर गर्नु पर्ने कुरामा जाेर दिए।
उपभाेक्ताले उपभाेक्ता अधिकारकाे प्रयाेग गर्नुपर्छ भन्दै उनले कसैलाई आफू ठगिएकाे अनुभव भए, सम्बन्धित विभागसँग सम्पर्क गर्ने अनुराेध गरे। उपभाेक्तालाई ठगिनबाट बचाउन सम्बन्धित विभाग सँधै तत्पर रहेकाे उल्लेख गरे। कार्यक्रममा पञ्चायत सभापति कला छेत्री र सयपत्री संघका अध्यक्ष वीरबल छेत्रीले पनि सम्बाेधन गरेका थिए। कार्यक्रममा खुल्ला हाजिरीजवाफ प्रतियाेगिता पनि भएकाे थियाे भने सही उत्तर दिने विद्यार्थीहरुलाई पारिताेषिक पनि प्रदान गरिएकाे थियाे।
-हिस











