सोरेङमा स्वतन्त्रता दिवस पालनलाई लिएर दोस्रो समन्वय बैठक सम्पन्न

IMG-20230720-WA0374.jpg

सोरेङः आगामी दिनमा पालन गरिने ७७औं स्वतन्त्रता दिवस तयारीलाई लिएर सोरेङ जिल्लाको विज्ञान कलेजको प्रेक्षागृहमा दोस्रो जिल्लास्तीरय समन्वय सभा सम्पन्न भयो। उक्त सभाको अध्यक्षता विधायक अदित्य गोलेले गरेका थिए भने सभामा जिल्लापाल भीम ठटाल लगायत अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो। यस वर्ष च्याखुङको खेल मैदानमा भव्यरूपमा स्वतन्त्रता दिवस पालन गरिने भएको छ।

सभालाई सम्बोधन गर्ने क्रममा विधायक गोलेले सर्वप्रथम देशको ११२ वटा जिल्ला मध्ये सोरेङ जिल्ला पहिलो स्थानमा आएकोमा उनले सबैलाई बधाई दिए। नीति आयोगको डेल्टाको ऱ्याङक अनुसार देशको ११२ वटा आंकाक्षी जिल्लाहरू मध्ये सोरेङ जिल्ला पहिलो स्थानमा आएको हो। उनले विशेष गरेर आगामी दिनमा पालन गरिने स्वतन्त्रता दिवस तयारीबारे बोल्दै सो कार्यक्रमलाई सफल तुल्याउनको निम्ति सबैले बराबर आफ्नो जिम्मेवारी लिनु पर्ने आग्रह गरे। सबै स्वयं सेवकहरूलाई परिचय पत्र प्रदान गरिनु पर्ने र कामको दायित्व सुम्पिनु पर्ने सुझाउ दिए। यसका साथै उनले जिल्ला पञ्चायत, पञ्चायत सदस्य लगायत आम मानिसहरूलाई यो पालीको स्वतन्त्रता दिवस भव्यरूपमा सफल तुल्याउनको निम्ति आग्रह गरे। स्वतन्त्रता दिवसको अवसरमा आयोजना गरिने खुल्ला भलिवल प्रतियोगिता कालु सिंह तामाङ र राम बहादुर पाख्रिनको स्मरणमा आयोजना गरिने र यसमा आफ्नो तर्फबाट पनि सहयोग पुऱ्याउने घोषणा गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement