कोलकाताका धेरै मार्ग शुक्रवार बन्द रहने, भारी ट्राफिक जामको आशंका

00-1-Rashtriya-Samachar-12

कोलकाताः तृणमूल कांग्रेसको सबैभन्दा ठूलो राजनीतिक आयोजन शहीद दिवसलाई लिएर शुक्रवार कोलकाताका धेरै मार्गहरू बन्द रहनेछन्। कोलकाताको धर्मतल्लामा राज्यभरिबाट आउने लाखौं कार्यकर्ताहरू समक्ष मुख्यमन्त्री ममता ब्यानर्जीले सम्बोधन गर्नेछिन्। यसको निम्ति धर्मतल्ला र वरिपरिका सबै सड़कहरूलाई बिहानैदेखि बन्द गरिनेछ। यसले गर्दा भारी ट्राफिक जामको स्थिति बन्नसक्छ।

कोलकाता पुलिसको तर्फबाट भनियो, धर्मतल्ला नजिक अम्हरस्ट स्ट्रीटको उत्तरदेखि लिएर दक्षिणसम्म, केसी सेन स्ट्रीटदेखि लिएर विवेकानन्द रोडसम्म, विधान सरणी दक्षिणदेखि लिएर उत्तरसम्म र कलेज स्ट्रीटको दक्षिणदेखि लिएर उत्तरसम्म बन्द गरिनेछ। ब्रेबर्न रोडको पनि उत्तरदेखि लिएर दक्षिण हिस्सालाई, हेयर स्ट्रीटको शुरूआतदेखि लिएर राजा माउन्ट स्ट्रीटसम्म, स्ट्याण्ड रोड दक्षिणदेखि लिएर उत्तरसम्म, बीबी गांगुली स्ट्रीटलाई पूर्वदेखि लिएर पश्चिमसम्म र बेन्टिक स्ट्रीटलाई दक्षिणदेखि लिएर उत्तरसम्म बन्द राखिनेछ। न्यू सीआईटी रोडलाई पश्चिमदेखि लिएर पूर्वसम्म र बीके पल एवेन्यूदेखि लिएर लाल बजार स्ट्रीटसम्म बन्द रहनेछ। यस बाहेक रविन्द्र सरणी दक्षिणदेखि लिएर उत्तरसम्म यातायातलाई रोकिनेछ।

कोलकाता ट्राफिक पुलिसको तर्फबाट जारी बयान अनुसार, कोलकाता पुलिस अधीनस्थ सबै क्षेत्रहरूमा शुक्रवार बिहान ३ बजीदेखि राति ८ बजीसम्म मालवाही गाड़ीहरूको आवाजाही बन्द रहनेछ। ग्यास सिलेन्डर सप्लाई गर्ने गाड़ीहरू, फल, सब्जी र दूधको आपूर्ति गर्ने मालवाही गाड़ीहरूलाई अनुमति हुनेछ त्यो पनि सीमित मार्गहरूमा। पुलिसले एडवाइजरी जारी गरी स्पष्ट गरेको छ, शुक्रवार यी क्षेत्रहरू भएर जाने मानिसहरू वैकल्पिक मार्गहरूबाट आफ्नो गन्तव्यसतिर जानसक्नेछऩ्।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement