छोराको हत्याको आरोपमा आमा पक्राउ

IMG-20230410-WA0169-11-300x172-5

दक्षिण २४ परगनाः दक्षिण २४ परगना जिल्लाको नामखानाको उत्तरी चन्दनपिन्डी क्षेत्रमा छोराको हत्या गरेको आरोपमा पुलिसले एक महिलालाई पक्राउ गरेको छ। आरोपित महिलाको नाम मोनिरा बीबी बताइएको छ।

स्थानीय र पुलिस सूत्रहरू अनुसार, मोनीराको पति इजहार्तुल्लाह एक प्रवासी श्रमकि हो। चार दिनअघि उसको पति कामको सिलसिलामा अन्य राज्य गयो। मोनिरा घरमा दुई नानीको साथ बस्थिन्। मंगलवार राति उसको १३ वर्षीय छोरा मोइदुल्टुल्लाले मोनिरालाई उसको युवा छिमेकी हनीफ शेखको साथ आपत्तिजनक स्थितिमा देख्यो। मोनिरा र उसको प्रेमीले मोइदुल्टुल्लालाई आफ्नो मुख बन्द राख्नलाई भन्यो। बुधवार मोइदुल्टुल्ला संधै झैं स्कूल गएको थियो र जब स्कूलबाट घर फर्क्यो साँझ मोनिराले उसलाई जमेर कुटिन्। यस अवधि मोनिराले आफ्नो प्रेमीको साथ मिलेर आफ्नो छोराको गला दबाएको र फेरि उसलाई डोरीमा झुण्डाएको आरोप छ।

उसले आफ्नो छिमेकीहरूलाई उसको छोराले आत्महत्या गरेको बताइन् तर स्थानीय मानिसहरूलाई शंका भयो र उनीहरूले उसैलाई कुटे। सूचना पाएपछि पुलिस घटनास्थलमा पुग्यो र उसलाई हिरासतमा लिएर सोधपुछ शुरू गऱ्यो। पुलिस अनुसार, सोधपुछमा मोनिराले आफ्नो छोराको हत्या गरेको स्वीकार गरेकी छन्। नामखाना थाना पुलिस मोनिरासित सोधपुछ गरी अझ् अधिक जानकारी जुटाइरहेछ। घटना भएदेखि उसको प्रेमी हनीफ शेख फरार छ। पुलिसले उसलाई खोजीरहेछ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement