नयाँ दिल्लीः केन्द्रिय मन्त्री अनुराग ठाकुरले बिहीवार भने, सरकार मणिपुरमा दुई महिलाहरूसित भएको अभद्रताको मुद्दामा चर्चा गर्नको लागि तयार छ, तर विपक्ष यसमाथि राजनीति गर्न चाहन्छ। उनले भने, विपक्षले महिला-महिलाबीच भेदभाव किन गरिरहेको छ। कंग्रेसशासित राज्यहरूमा महिलाहरूविरूद्ध भएका अपराधहरूमा विपक्ष किन मूकदर्शक भएको छ।
संसद परिसरमा पत्रकारहरूसित बातचित गर्दै केन्द्रिय मन्त्रीले भने, प्रधानमन्त्री नरेन्द्र मोदीले कड़ा शब्दमा मणिपुर घटनाको निन्दा गर्दै दोषीहरूविरूद्ध कड़ा कारबाही गर्ने कुरा भनिसकेका छन्। मणिपुर, छत्तीसगढ़, राजस्थान वा अन्य कुनै राज्यमा महिलाहरूमाथि भइरहेका अपराधहरूविरूद्ध कड़ा कारबाही हुनुपर्छ।
ठाकुरले उदाहरण पेश गर्दै भने, गैरएनडीए शासित राज्यहरूमा महिलाविरूद्ध अपराधहरू भइरहेका छन्। एक्लो राजस्थानमा मात्र देशभरिको २२ प्रतिशत बलात्कारको मुद्दा दर्ता हुन्छ। विपक्ष कंग्रेस शासित राज्यहरूमा भइरहेका अपराधहरूलाई लिएर किन मूकदर्शक बनेका छन् त?
-हिस








