भानु जयन्तीको तयारीलाई लिएर समन्वय सभा

IMG-20220701-WA0205.jpg

गान्तोक: आगामी १३ जुलाईको दिन पालन गरिने भानु जयन्ती समारोह तयारीलाई लिएर आज पाकिम जिल्लामा एक समन्वय सभा सम्पन्न भयो।पाकिम जिल्लाको पञ्चायत भवनमा सम्पन्न भएको उक्त बैठकको अध्यक्षता खाद्य नागरिक आपूर्ति विभागका सल्लाहकार इञ्चुन भोटियाले गरेका थिए। यस अवसरमा पाकिम जिल्लाका जिल्लापाल छिरिङ भोटिया, अतिरिक्त जिल्लापाल टाशी छोपेल लगायत अन्य अधिकारीवर्गको पनि उपस्थिति रहेको थियो।पाकिम महकुमादेखि जिल्लामा परिणत भएपछि पहिलोपल्ट भानु जयन्ती पालन गर्न गइरहेकोछ। यस कार्यक्रमको आयोजना सिक्किम प्रतिभा प्रतिष्ठाको व्यानरमा हुने भएको छ। उक्त कार्यक्रममा शोभा यात्रा, रामायण, कविता, सांस्कृति कार्यक्रम र तर्क प्रतियोगिताको पनि आयोजना गरिने भएको छ। सो कार्यक्रमलाई भव्यरूपमा सङ्गल तुल्याउनको निम्ति सबैले एक अर्कामा तालमेल राखेर काम गर्नु पर्ने जिल्लापालले सुझाउ दिएका छन्‌। स्वतन्त्रता दिवस तयारीबारे सभा सम्पन्न गान्तोक, १ जुलाई (निस) रम्ङ्गू नगर पञ्चायत भवनमा आगामी दिनमा पालन गरिने स्वतन्त्रता दिवस तयारीलाई लिएर एक सभा सम्पन्न भयो। उक्त सबामा महकुमा अधिकारी मिलन राई, एसडीपीओ रम्ङ्गू दिलीप तामाङ लगायत विभिन्न विभाग, संघ संस्थाका प्रतिनिधिहरूले सहभागिता जनाएका थिए। सभामा सिक्किम विधानसभाका अध्यक्ष एवम क्षेत्र विधायक एलबी दासलाई आयोजक समितिको प्रमुख संरक्षककोरूपमा प्रस्ताव पारित गरियो भने सोही प्रकारले महकुमा अधिकारी एसडीपीओलाई संरक्षककोरूपमा मनोनित गरियो भने नगर परिषदका अध्यक्ष सञ्जीब खातीलाई अध्यक्षको पदमा मनोनित गरेको जानकारी गराएको छ। दोस्रो चरणको सभा आगामी १४ जुलाईको दिन आयोजना गरिने आज बसेको सभाले निर्णय लिएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *