केनिङमा महिलाको गोली हिर्काई हत्या

IMG-20230410-WA0169-11-300x172-5

दक्षिण २४ परगनाः दक्षिण २४ परगना जिल्लाको केनिङ थाना अन्तर्गत हाटपुकुरिया ग्राम पञ्चायतको दक्षिण डेविसाबाद गाउँमा बुधवार अबेर राति एक महिलाको गोली हिर्काएर हत्या गरियो। मृत महिलाको नाम छालिमा लश्कर सरदार (३१) बताइएको छ।

पारिवारिक सूत्रहरू अनुसार, छालीमाको गत सात वर्ष पहिले दक्षिण डेविसाबाद गाउँ निवासी बाबूराली सरदारसित बिहे भएको थियो। दम्पत्तिको एक पाँच वर्षको छोरा पनि छ।

महिला बुधवार राति खाना खाएर आफ्नो कमरामा सुतिरहेकी थिइन्। राति लगभग २ बजी अचानक धेरै बदमाशहरूले छालीमाको घरमा हमला गरे। सोर सुनेर त्यहाँ पुगेकी छालीमाले जब टर्च बालिन् तब बदमाशहरूले उसलाई गोली हिर्काएको आरोप छ। महिला तत्काल भूइँमा लड़िन्। गोलीको आवाज सुनेर छालीमाका परिजन र छिमेकी आए। तबसम्म अपराधी भागिसकेका थिए। सूचना पाएर पुलिस घटनास्थलमा पुग्यो र रगतमा लतपत महिलालाई केनिङ अस्पताल लगेर गयो जहाँ डाक्टरहरूले उसलाई मृत घोषित गरे।

पुलिसले बिहिवार शवलाई पोस्टमार्टमको निम्ति पठायो। पुलिसले मामिलाको जाँच शुरू गरेको थियो। तर खबर लेखिञ्जेलसम्म यस मामिलामा पुलिसलाई कुनैपनि साक्ष्य हात लागेको थिएन।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement