मणिपुरमा महिलाहरूको साथ भएको घृणित व्यवहारमा अक्षय कुमार रूष्ट

00-1-Rashtriya-Samachar-12

इम्फालः मणिपुरमा एक सनसनीपूर्ण घटना प्रकाशमा आएको छ, जहाँ भीड़ले दुई महिलालाई निर्वस्त्र गऱ्यो। यति मात्र होइन पीड़ित महिलाहरूलाई सड़क छेउ खेतमा लगेर उनीहरूको साथ सामूहिक दुष्कर्म गरिएको आरोप छ।

यस घटनाको भीडियो सोशल मीडियामा भाइरल भएपछि यस घटनालाई लिएर रोष प्रकट गरिन्दैछ। यस घटनालाई लिएर अभिनेता अक्षय कुमारले पनि ट्वीट गरे। उनले लेखे, म मणिपुरमा महिलाहरू विरूद्ध हिंसाको भीडियो देखेर हैरान छु। दोषीहरूले यति कड़ा सजाय पाउनेछन् कि कसैले पनि फेरि यस्तो भयानक काम गर्नबारे सोच्नेछैन भनेर म आशावान् छु।

वस्तुतः मीडिया रिपोर्ट अनुसार, यो घटना ४ मईमा मणिपुरको राजधानी इम्फालदेखि ३५ किमी टाढ़ा काङपोकपी जिल्लामा भएको थियो। यस सम्बन्धमा काङपोकपी थानामा प्राथमिकी दर्ता गराइएको छ। मणिपुरका मुख्यमन्त्री एन बीरेन सिंहले पुलिसलाई मामिलाको तुरन्तै जाँच गर्ने आदेश दिएका छन्।

-हिस

About Author

Advertisement