बरको रूख काटिएपछि मानिसहरूमा व्यापक असन्तुष्टि

IMG-20220701-WA0206.jpg

गान्तोकः पुरानो एसटीएनएम अस्पतालको जमीनमा रहेको कञ्चनजङ्घा स्वाक्वार परियोजनाको निर्माण स्थलको पुरानो बरको रूख बिहिवार रातिको समयमा काटिएपछि मानिसहरूमा असन्तुष्टिको लहर छाएको छ। वन विभागले उक्त रुखलाई अन्य स्थानमा सार्ने बताएको तर हिजो राति फेदै लगाएर काटेएको बताउँदै सिक्किमे नागरिक समाज तथा उक्त रुख काट्नु हुँदैन भन्दै आएका मानिसहरूको समूहले आज निर्माण स्थलमा भेला भएर सिक्किम सरकार र राज्य प्रशासनको खुलेर आलोचना गरे। कतिपय मानिसहरू यहाँ आएर काटिएको बरको रुखको हाँगामा खादा लगाएर प्रार्थना गर्दै गरेको पनि देखियो। हिजो राति बरको रुख काटिएको खबर विभिन्न माध्यमबाट प्रचार प्रसारमा आएपछि आज बिहानैदेखि मानिसहरू भेला भएर निर्माण स्थलमा काम रोक्न लगाए। अर्कोतिर राज्यको वन विभाग, निर्माण प्राधिकरण र सम्बन्धित अन्यले रातिको समय रुख काट्नुपर्ने बाध्यता बारे चित्तबुझ्दो जवाफ नदिएसम्म यहाँ काम चालु गर्न नदिने रुख संरक्षणको वकालत गर्दै आएका मानिसहरूको अड़ान रहेको छ। यता सिक्किमे नागरिक समाजका महासचिव तथा प्रवक्ता पासाङ शेर्पाले रातिको समय रुख काट्ने र अँध्यारोको मौका छोपेर चोरी गर्ने माझ कुनै भिन्नता नरहेको भन्दै राज्य प्रशासन र सिक्किम सरकारलाई चोरको संज्ञा दिए। उनले निर्माण स्थलमा पर्यावरण प्रेमी सबै मिलेर एउटा बर र पिपलको विरुवा रोप्ने पनि बताएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *