नयाँ दिल्लीः सुप्रीम कोर्टले मध्य प्रदेशको कूनो नेशनल पार्कमा लगातार चीताहरू मरेकोमा चिन्ता व्यक्त गरेको छ। जस्टिस बीआर गवाईको अध्यक्षता रहेको बेञ्च समक्ष सुनवाईमा जब केन्द्र सरकारले अहिलेसम्म आठ चीता मरिसकेको भन्यो तब कोर्टले चीताहरूको मृत्युमा चिन्ता व्यक्त गऱ्यो।
आज सुनवाईमा केन्द्र सरकारको तर्फबाट पेश एएसजी एश्वर्या भाटीले भनिन्, मामिलामा विस्तृत रिपोर्ट दर्ता गरिनेछ। केन्द्रले भन्यो, २० मध्ये ८ चीता मरेका छन्। चीताहरूको पुनर्वासको समय ५० प्रतिशतसम्म मृत्युलाई सामान्य मानिन्छ।
-हिस











