न्यू एसटीएनएम अस्पतालमा राष्ट्रिय डक्टर दिवस पालन

IMG-20220701-WA0203.jpg

गान्तोकः राष्ट्रिय डक्टर दिवसको अवसरमा आज न्यू एसटीएनएम अस्पतालमा राज्यस्तरीय समारोह आयोजन गरियो। राज्यका मुख्यमन्त्री पीएस गोलेको मुख्य आतिथ्यमा आयोजित समारोहमा स्वास्थ्य विभागका मन्त्री डा. एमके शर्मा, विभागीय अधिकारीहरू, डाक्टर तथा नर्सहरू साथै स्वास्थ्य विभागका कर्मचारीहरूको सहभागिता रहेको थियो। राष्ट्रिय डाक्टर दिवसको शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री गोलेले राज्यमा डक्टरहरूले पुऱ्याइरहेको सेवा र योगदानको सरहाना गरे।

राज्यमा सेवारत डाक्टर तथा मेडिकल स्टाफको ड्यूटी स्थलमा सुरक्षाको निम्ति सरकारले आगामी विधानसभा सत्रमा एउटा विधेयक पारित गरेर कानून नै बनाउने पनि बताए। मुख्यमन्त्रीले यस अवसरमा डक्टरहरूद्वारा राखिएका मागहरूलाई पुरा गर्ने वचन दिएका छन्। उनले राज्यका सबै सरकारी कलेजमा सरकारले एक-एक वटा एम्बुलेन्स प्रदान गर्ने घोषणा पनि गरे। यस अवसरमा सेवा कालमा आक्रमणमा परेर मृत्यु भएका डा. संजय उप्रेतीका धर्मपत्नी सविता न्यौपानेलाई मुख्यमन्त्रीको बाहुलीबाट अभिनन्दन जनाए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *