सत्र शुरू हुनअघि केही दलहरूले दिए स्थगन प्रस्ताव, मणिपुरमाथि चर्चाको नाममा खैलाबैला मच्चिने सम्भावना

00-1-Rashtriya-Samachar-12

नयाँ दिल्लीः संसदको मनसून सत्र आज (बिहीवार) ११ बजेदेखि आरम्भ भयो। संसदको कार्यवाही सुचारू रूपमा संचालन होस् तथा बजेट सत्र जस्तै खैलाबैला-होहल्लामा मात्र नबितोस् यसको लागि सरकारले सर्वदलीय बैठकमा स्पष्ट भनिसकेको छ, उनीहरू हरेक मुद्दामा चर्चाको लागि तयार छन्, तर मामिलाई नियम अनुसार उठाइयोस्। विपक्ष भने सरकारलाई घेर्ने र खैलाबैलाको वातारण सृजना गर्ने दाउमै छ जसको संकेत सत्र शुरू हुनअघि नै देखिँदैछ।

सरकारले घोषणा गरेको छ, मणिपुर सहित ओडिशाको रेल दुर्घटना आदि मामिलाहरूमा नियम अनुसार बहस अनि चर्चा गर्न सरकार तयार छ। तर कंग्रेस सांसद मनीष तिवारी, राष्ट्रिय जनता दलका सांसद मनोज तिवारी, एआईएआईएमका सांसद असदुद्दीन ओवैसीले लोकसभा कार्यालयलाई स्थगन नोटिस पठाएर मणिपुरमाथि चर्चा गराउने माग गरेका छन्। यसबाट के स्पष्ट हुन्छ भने विपक्ष शून्य काल वा प्रश्न काललाई स्थगित गरेर सबैभन्दा पहिला मणिपुरमा जारी हिंसामाथि चर्चा गराउन चाहन्छ।

यस सम्बन्धमा भाजपाका वरिष्ठ नेता साथै मेरठबाट सांसद राजेन्द्र अग्रवालको भनाइ छ, विपक्षी दलहरू बवाल गर्न चाहन्छन्, चर्चा गर्न वा गराउन चाहदैनन्। संसदमा शून्य काल र प्रश्न कालको ठूलो महत्व हुन्छ। देशभरिबाट चयन भएर आएका सांसदहरूले यसबेला आ-आफ्नो माग राख्न सक्नेछन् तथा आ-आफ्नो क्षेत्रको समस्या उठाउन सक्नेछन्। यसलाई स्थगित गरेर मणिपुरमाथि चर्चा गराउने माग गर्नु भनेको राजनीति गर्नु बाहेक अन्य केही होइन। विपक्षी दलले मणिपुरको समस्यामाथि नोटिस देओस्, लोकसभा अध्यक्षले त्यसमाथि चर्चाको लागि समय निर्धारण गर्नेछन् र त्यसमाथि विस्तार पूर्वक चर्चा हुनेछ। तर विपक्ष चर्चा होइन केवल आरोप लगाउन र भाग्न चाहन्छ।

-हिस

About Author

Advertisement