खरसाङ: तीनधारेको कर्म मोक्तान पुन: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएका छन्। उनलाई भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनित थापाले खदार्पणसहित पार्टीमा स्वागत जनाएका छन्। गायक कर्म मोक्तान २०१७ देखि नै अनित थापासित राजनैतिक रूपमा एकसाथ रहेका थिए। उनी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा तीनधारे महानदी समष्टिको कार्यकारी सदस्य तथा तीनधारे क्षेत्रका लागि संयोजकको रुपमा पनि रहेका थिए। तर उनी गत वर्ष जीटीए चुनावको समय हाम्रो पार्टीको प्रार्थीको रूपमा खड़ा भएका आफ्ना दाजुको समर्थनमा रहेका थिए अनि आज उनी पुन: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएका छन्। पार्टीमा स्वागत जनाएपछि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनित थापाले भने, ‘उनको दाजु गत जीटीए चुनावको समय हाम्रो पार्टीको प्रार्थीको रूपमा खड़ा भएका थिए भने आफ्नो दाजुको समर्थनमा गएका थिए भने आजदेखि पुन: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएका छन्। उनी २०१७ देखि नै हामीसित थिए। कर्म मोक्तान पार्टीको पुनर्मिलन नीति अनुसार पार्टीमा फर्कि आएका छन्।’











