लोहरदगाः झारखण्डको लोहरदगा जिल्लामा सदर थाना क्षेत्रस्थित न्यू रोडबाट इस्लामिक स्टेट इराक एण्ड सीरिया (आईएसआईएस)-का आतंकवादीलाई पक्राउ गरिएको छ। नेशनल इन्टेलिजेन्स एजेन्सी र दिल्ली पुलिसको टीमले संयुक्त रूपमा छापामारी गरेर ती आतंकवादीलाई पक्राउ गरेको हो। आईएसआईएस आतंकवादीबाट पेन ड्राइभ, कतिपय आपत्तिजनक भीडियो सहित अन्य सामानहरू जफ्त गरिएको छ।
जानकारी अनुसार कब्जामा लिइएको आतंकवादी शहबाज मूल रूपले बिहारका वासिन्दा हुन् भने उ पाकिस्तानको गुप्तचर एजेन्सीको सम्पर्कमा थियो। गुप्तचर एजेन्सीहरू आईएसआईएसका अन्य समर्थकहरूलाई पनि पक्राउ गर्ने प्रयासमा जुटेका छन्। यहाँ बसेर शहबाजले कुन प्रकारका आतंकवादी गतिविधिहरूलाई संचालन गर्दै आएका थिए त्यसको पत्तो लगाउने प्रयास गरिँदैछ। साथै उसको सम्पर्कमा रहेका मानिसहरूको बारेमा पनि गहन जाँच भइरहेको छ। यस सम्बन्धमा चाँड़ै नै अन्य मानिसहरूलाई पनि पक्राउ गर्नसक्ने सम्भावना प्रबल छ।
-हिस











