मुम्बईः प्रवर्तन निदेशालय (ईडी)-ले मुम्बई नगर निगममा कोरोना महामारी अवधि कथित कोभिड घोटाला मामिलामा शिवसेना (उद्धव बालासाहेब ठाकरे) पार्टीका नेता संजय राउतको नजिकका सुजित पाटकर र किशोर बिसुरेलाई पक्राउ गरेको छ। ईडीले यी दुवैसित गहन जाँचबुझ गरिरहेको छ।
जानकारी अनुसार भारतीय जनता पार्टी (भाजपा)-का प्रदेश उपाध्यक्ष किरीट सोमैयाले कोरोना कालमा मुम्बई नगर निगममा भएको कोभिड सेन्टरको काममा १०० करोड़ रुपियाँको घोटाला गरिएको आरोप लगाएका थिए। सोमैयाले यस मामिलाको सिकायत ईडी समक्ष गरेका थिए। त्यसपछि ईडीको टीमले लाइफलाइन हास्पिटल म्यानेजमेन्टका सजित पाटकर, दहिसर कोभिड फिल्ड हास्पिटलका डा. किशोर बिसुरे, मुम्बई नगर निगमका अधिकारी संजीव जायसवाल, सुरेश चव्हाणसित जाँचबुझ गरेको थियो। त्यसै जाँचबुझको आधारमा ईडीको टीमले बिहीवार बिहान संजय राउतका निकटवर्ती सुजित पाटकर र किशोर बिसुरेलाई पक्राउ गरेको छ। यस मामिलामा गहन अनुसन्धान जारी छ।
-हिस









