सोनादा: रङ्गबुल धोतरिया रङ्मुक समष्टिका सभासद एवं जीटीएका डेपुटी चेयरम्यान राजेस चौहानले आफ्नो समष्टि अन्तर्गतका माध्यमिक अनि प्राथमिक पाठशालाका विद्यार्थीहरुलाई शिक्षा अनि खेलकुद सम्बन्धित सर – सामग्रीहरू वितरण गरेका छन्। भर्खरै सम्पन्न पञ्चायत चुनावमा विजेता बनेका पञ्चायत समितका सदस्य/सदस्या एवम् ग्राम पञ्चायतका सदस्य/ सदस्याहरुको बाहुलीबाट सिडर्स उच्चतर माध्यमिक विद्यालय, रङ्गबुल उच्चतर माध्यमिक विद्यालय, धोतरिया माध्यमिक विद्यालयहरुमा विद्यार्थीहरुको निम्ति फुटबल अनि फुटबलको निम्ति चाहिने सामग्रीहरू वितरण गरिएको छ। प्राथमिक पाठशालाहरूमा जोरखोला प्राथमिक पाठशाला, रङ्गबुल जुनियर बेसिक स्कूल अनि गोर्खा बस्ती प्राथमिक पाठशालाका विद्यार्थीहरुको निम्ति स्कूल ब्याग वितरण गरेका छन्। यस अवसरमा स्कूलहरूमा शिक्षालाई प्राथमिकता दिन्दै रंगबुल पञ्चायत समिति सभापति लक्ष्मण ठकुरी, नव निर्वाचित पञ्चायत सदस्यहरु योजना सुब्बा, राकेश तामाङ, बुद्ध डुकपा, इनोस हाङ सुब्बा, पञ्चायत समिति सदस्या याङ लहमु शेर्पा लगायत सम्पूर्ण पार्टी कार्यकर्ताहरुको उपस्थितिमा रंगबुल अन्तर्गत सिधा लाइन जोरखोला प्रथामिक पाठशाला, रंगबुल जुनियर बेसिक स्कूल, गोर्खा बस्ती प्राथमिक पाठशालाका नानीहरुलाई स्कूल ब्याग बितरण गरियो। यसको साथै रंगबुल अन्तर्गत पर्ने एक मात्र रंगबुल हाइयर सेकेण्डरी स्कूलमा १३ वटा फुटबल जर्सी, दुइवटा फुटबल वितरण गरियो।जसमा प्राथमिक पाठशाला, हायर सेकेण्डरी स्कूल रंगबुल, स्कूलका प्रधान अध्यापकहरुद्वारा हार्दिक कृतज्ञता प्रकट गरेका छन्।










