अहमदाबादः तीव्र गतिको कारले भीड़लाई कुल्चियो, पुलिस कन्स्टेबल सहित नौजनाको मृत्यु, दशभन्दा अधिक घाइते

00-1-Rashtriya-Samachar-12

अहमदाबादः अहमदाबादको इस्कन ब्रिजमा गए बुधवार अबेर राती राजपथ क्लब तिरबाट आएको तीव्र गतिको एउटा कारले सड़कमा अवस्थित भीड़लाई कुल्चियो। उक्त घटनामा नौजना मानिसहरूको मृत्यु भयो भने दशजनाभन्दा अधिक घाइते भए। मृतकहरूमा एकजना पुलिस कन्स्टेबल र होमगार्डका जवान पनि सामेल छन्। घाइतेहरूलाई सिभिल अस्पतालमा भर्ती गरिएको छ। कारको ठक्कर यतिसाह्रो डरलाग्दो थियो कि यसको चपेटमा परेका मानिसहरूको शरीर उछिटिएर २५ देखि ३० फीट टाड़ासम्म पुगेको थियो।

जानकारी मुताबिक गए बुधवार अबेर राती शहरको इस्कन ब्रिजमा डम्परको पछाड़ि एउटा कार ठोक्कियो। त्यहाँ क्षणभरमै भीड़ एकत्रित भयो। यसै अवधि कर्णावती क्लब तिरबाट लगभग १६० किलोमीटर प्रतिघण्टाको गतिले आइरहेको अर्को कारले त्यहाँको भीड़लाई कुल्चियो।

यस दुर्घटनामा कन्स्टेबल धर्मेन्द्र सिंह समेत नौजनाको मृत्यु भयो र दशजनाभन्दा अधिक घाइते भए। घाइतेहरूलाई सोला सिभिल अस्पतालमा भर्ती गरिएको छ। मृतकहरूमा नीरव (चाँदलोडिया), अक्षय चावडा (बोटाद), रोनक विहलपरा (बोटाद), धर्मेन्द्र सिंह (पुलिस कन्स्टेबल), कृणाल कोडिया (बोटाद), अमन कच्छी (सुरेन्द्रनगर), अरमान वढवानिया (सुरेन्द्रनगर) अनि अन्य सामेल छन्। घटनाको सम्बन्धमा ट्राफिक विभागका एसीपी एसजे मोदीले बताए, घटनामा छःजनाको घटनास्थलमै मृत्यु भयो। घटनामा कार चालक पनि घाइते भएका छन् जसलाई सिम्स अस्पतालमा भर्ती गराइएको छ।

-हिस

About Author

Advertisement