२० जुलाईः श्रीलंका र पाकिस्तानमा हुने एशिया कप २०२३ क्रिकेट टुर्नामेण्टको कार्यक्रम अघि आएको छ। एशियाई क्रिकेट परिषद (एसीसी)-ले यस बहुप्रतीक्षित टुर्नामेण्टको कार्यक्रम घोषणा गरेको छ। टुर्नामेण्टको पहिलो म्याच ३० अगस्तमा पाकिस्तान र नेपालबीच खेलिनेछ। यसरी नै फाइनल म्याच १७ सेप्टेम्बरमा श्रीलंकाको राजधानी कोलम्बोमा खेलिनेछ। यस साल टुर्नामेण्ट वनडे प्रारूपमा हाइब्रिड मोडलमा खेलिनेछ। टुर्नामेण्टका चारवटा म्याच पाकिस्तानमा अनि रहल म्याचहरू श्रीलंकामा हुनेछ। टुर्नामेण्टमा जम्मा ६ वटा टीमले हिस्सा लिनेछ। यसमा भारत, पाकिस्तान र नेपाल ग्रुप ए-मा रहेको छ। यसरी ग्रुप बी-मा श्रीलंका, बंग्लादेश र अफगानिस्तान रहेको छ। हरेक ग्रुपबाट शीर्ष दुई स्थानमा रहने टीमहरूले सुपर फोर चरणमा स्थान बनाउनेछ। सुपर फोर चरणको शीर्ष दुई स्थानमा रहने टीमहरूबीच फाइनल म्याच खेलिनेछ। टुर्नामेण्टमा भारत र पाकिस्तानबीच म्याच २ सेप्टेम्बरको दिन केण्डीमा खेलिनेछ। टुर्नामेण्टको कार्यक्रम अनुसार फाइनलसम्मको यात्रामा भारत र पाकिस्तानबीच तीनपल्ट भिड़न्त हुनसक्छ।











