नयाँ दिल्लीः केन्द्रिय गृहमन्त्री अमित शाहले मणिपुरमा दुई महिलाप्रति भएको अमानवीय व्यवहारलाई लिएर राज्यका मुख्यमन्त्री एन बीरेन सिंहसित बातचित गरी दोषीहरूविरूद्ध तीव्र अनि कठोर कारबाही गर्ने आग्रह गरेका छन्। उल्लेखनीय छ, मणिपुरमा दुई महिलालाई निर्वस्त्र घुमाएको तथा उनीहरूप्रति अश्लील व्यवहार गरिएको मामिला अघि आएको छ। यो भीडियो सोशल मीडियामा भायरल भएदेखि नै विपक्षले लगातार केन्द्र अनि राज्य सरकारको आलोचना गरिरहेको छ। यद्यपि सरकारको भनाइ छ, यो घटना गत ४ मईको हो र यस मामिलामा त्यसै बेला मुद्दा दर्ता गरी जाँच भइरहेको छ। घटनामा सामेल मानिसहरूमाथि कठोर कारबाही गरिनेछ।
भनिँदैछ, भायरल भीडियो गत चार मईको हो जतिबेला मणिपुरमा हिंसा शुरू भएको थियो। यस किसिमको अमानवीय व्यवहार भएको महिला कुकी समुदायको रहेको बताइएको छ।
-हिस











