नयाँ दिल्लीः कंग्रेसका राष्ट्रिय अध्यक्ष एवं राज्यसभामा नेता प्रतिपक्ष मल्लिकार्जुन खड़गेले भने, मणिपुरमा भएको हिंसालाई लिएर विपक्ष संसदमा चर्चा होस् भन्ने चाहन्छ। खड़गेले बिहीवार सदनमा प्रवेश गर्न अगाड़ि संसद भवन परिसरमा मीडियासितको बातचितमा भने, मणिपुरमा भएको हिंसामाथि चर्चा गराउनको लागि सम्पूर्ण विपक्ष एकजुट छौं। यस मुद्दामा चर्चा गराउनको लागि कंग्रेस सहित धेरैवटा दलहरूले नोटिस दिएका छन्। हामी चर्चा चाहन्छौं, तर सरकारले चर्चा हुन दिन्छ-दिँदैन त्यो हेर्नुछ।
खड़गेले भने, विगत ८० दिनदेखिको मणिपुर अशान्त छ। त्यहाँ अहिले पनि हिंसा भइरहेको छ। यस घटनालाई लिएर प्रधानमन्त्री मौन छन्। उनले संसदमा जवाफ दिनुपर्छ। मणिपुरमा भएको हिंसामाथि कंग्रेसकी वरिष्ठ नेता सोनिया गान्धीले पनि दुःख प्रकट गरेकी थिइन्। उनले त्यहाँका मानिसहरूलाई शान्ति कायम राख्ने अपील पनि गरेकी गरेकी थिइन्। आज कंग्रेस सहित विपक्षी दलहरूले मणिपुर हिंसामाथि सदनमा चर्चा गराउने माग गरिरहेका छन्।
-हिस









