कक्षा १२ को उत्तीर्ण विद्यार्थीहरुलाई विदाई साथै सम्वर्द्धना

IMG-20220701-WA0197.jpg

कालचिनी। कालचिनी खण्डको उत्तर लोथाबारी हिन्दी हाइस्कूलमा आज स्कूलका कक्षा १२ उतीर्ण छात्र छात्राहरूलाई लिएर विदाई समारोह कार्यक्रम सम्पन्न गरिएको थियो। सो कार्यक्रममा नै कालचिनी गोरेलाईनका अतिथि फिलोसोफी विषयका शिक्षक बाबलु सापकोटालाई पनि स्कूल कर्तृपक्षले निमन्त्रणा गरेर विशेष सम्वर्द्धना प्रदान गरेको स्कूलका प्रधान शिक्षिका सबिता सिंहले जनाएकी छन्।
आज सो अवसरमा स्कूलमा अध्यनरत कक्षा १२ का जम्मै उतीर्ण विद्यार्थीहरूलाई विदाई गरिएको थियो भने स्कूलमा दर्शनशात्र विषयको एकजना शिक्षकको देहान्त भएकोले कोरोनाकालको कठिन परिस्थितिमा पनि शिक्षक बाबलु सापकोटाले अवैतनिक रुपमा दुई महीना दर्शनशास्त्र विषय पढ़ाईदिएकोमा तिनलाई सम्वर्द्धना प्रदान गरिएको स्कूलका प्रधान शिक्षिका सबिता सिंहले जनाएकी छन्। आज यस अवसरमा स्कूलका सहशिक्षकहरू विनोद तिर्की, कमल शर्मा, बुद्ध विश्वकर्मा एवम् अन्यान्यको उपस्थिति रहेको थियो।

About Author

Advertisement