गान्तोक: सिङ्ताम पुलिसले मनोज कुमार गुप्ता नामक व्यक्तिलाई मंगलबार ड्रग्ससहित पक्राउ गरेको छ। गोप्य सुचनाको आधारमा पुलिस उप-निरीक्षक लक्षुमण गजमेरको नेतृत्वमा गएको पुलिस दलले सिङ्ताम बजारको जुत्ता व्यापारी मनोज कुमार गुप्तालाई पक्राउ गरेको हो। पुलिसको खोजतलासको क्रममा उनको कोठाबाट प्रतिबन्धित ७९१ वटा प्रतिबन्धित एसपी क्याप्सूल फेला पारेको थियो।

आरोपी गुप्तालाई पक्राउ गरी सिङ्ताम पुलिसले उनी विरुद्ध सिक्किम एन्टी ड्रग्स एक्ट (साडा) २००६ अन्तर्गत मामिला दर्ता गरेर थप केरकार गरिरहेको छ।










