कालचिनी। जङ्गली हात्तीको उत्पातले डुवर्सका मानिसहरूलाई हत्तु बनाएको छ। कालचिनी खण्डको दक्षिण सातालीको आन्दामनपाड़ा गाउँमा बिहीबार पसेको एक्ले हात्तीले एकजना जीना कार्जीको घर सम्पूर्ण रुपले भत्काएर घरभित्र राखिएको रासन सामग्री खाईदिएको घटना प्रकासमा आएको छ।
पीड़ित जीना कार्जीले बताएअनुसार गत ५ दिनदेखि लगातार हात्तीको उत्पातबाट हत्तु बनेको बताउँदै पहिला पनि घर क्षतिग्रस्त बनाएको तर बन विभागबाट केही सहयोग नपाएको फेरि बिहीबार राती हात्तीले दुख सुखले बनाएको घर पनि भत्काएपछि अब के गरेर बस्ने चिन्ताले सताएको जनाएकी छन्।

भाग्यले ज्यान बचाएर परिवार सदस्यहरू भाग्न सफल भएको नत्र हात्तीले घरसितै परिवारको ज्यान पनि लिन सक्थ्यो भनी जीना कार्जीले बताएकी छन्। यता घटना सम्बन्धमा बन विभागलाई सम्पर्क गर्दा सम्पर्क हुन सकेनन।