राष्ट्रपतिको उम्मेदवार द्रौपदी बारे मुख्यमन्त्री ममता ब्यानर्जीको बयान

Draupadi-Murmu-1

 कोलकाता: मुख्यमन्त्री ममता ब्यानर्जीले राष्ट्रपति चुनावमा एनडीएका उम्मेद्वार द्रौपदी मुर्मु लिएर महत्वपूर्ण बयान दिएकी छन्। शुक्रबार रथ यात्राको उद्घाटन गर्न पुगेकी मुख्यमन्त्री ममता ब्यानर्जीले राष्ट्रपतिको उम्मेदवारका रुपमा द्रौपदी मुर्मुलाई आफ्नो रोजाइ बताइन्। ‘मैले उनलाई समर्थन गर्ने थिएँ तर भाजपाले पहिले उनको नाम उल्लेख गरेन। उनीहरुले मलाई फोन गरेर विपक्षी उम्मेदवारको नाम सोधे, आफ्नो उम्मेदवारको नाम उल्लेख गरेनन्। पहिले नै बताइदिएको भए अर्कै कुरा हुन्थ्यो। भाजपाले आदिवासी महिलालाई उम्मेदवार बनाएको जानकारी दिएको भए हामीले समर्थन गर्ने थियौं। राष्ट्रपतिको निर्वाचन शान्तिपूर्ण होस् भन्ने हाम्रो चाहना हो। अहिले विपक्षी उम्मेदवार पनि मैदानमा छन् र म विपक्षी दलको नेता हुँ, त्यसैले केही गर्न सक्दिनl’ विपक्षी तर्फबाट यशवन्त सिन्हा राष्ट्रपतिको उम्मेदवार रहेको बुझिएको छ।

About Author

Advertisement