लाखौँ रुपियाँको ब्राउन सुगर उद्धार

IMG_20220517_171239.jpg

खोरीबारी: आज लाखौँ रुपियाँको ब्राउन सुगर भारत नेपाल सिमाना इलाकाबाट उद्धार गरेको छ। यस घटनामा एउटी महिलासहित ३ जनालाई पक्राउ गरिएको छ। तिनीहरूलाई आज सिलगढी अदालतमा पेश गरियो। पक्राउ परेकाहरूमा साजिना राई, मिङ्मा शेर्पा र राजु मुर्मू सामेल छन्। पुलिस सूत्रले दिएको जानकारीअनुसार खोरीबारी थाना पुलिसले गोप्य सूचनाको आधारमा बातासीमा अभियान चलाएर ब्राउन सुगर किन बेच गरिरहेको समय ३ जनालाई पक्राउ गरेको बताइएको छ। उद्धार गरेको ब्राउन सुगरको अनुमानिक बजार मूल्य लाखौँ रुपियाँ रहेको छ। घटनाको जाँच शुरु गरेको पुलिस सूत्रले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement